Kathmandu Press

स्थानीय निर्वाचनका लागि आयोगमा ५१ दल दर्ता

काठमाडौं, फागुन १४ : आगामी स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगमा ५१ दल दर्ता भएका छन्।नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) ले...
स्थानीय निर्वाचनका लागि आयोगमा ५१ दल दर्ता

काठमाडौं, फागुन १४ : आगामी स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगमा ५१ दल दर्ता भएका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) ले आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ।

दल दर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी शुक्रबार आयोग पुगेका थिए।

स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइएकेको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए। आयोगले फागुन ५ गतेदेखि दल दर्ता थालेको थियो।

 

प्रकाशित मिति: ०६:२६ बजे, शनिबार, फागुन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्