Kathmandu Press

प्रधानमन्त्री प्रस्ताव- एमसिसी सबैको सहमतिमा अनुमोदन गरौं, ओलीको जवाफ- संसद् प्रवेशको वातावरण बनाउनुस्

प्रधानमन्त्री शेरबहादुर देउवालले सबैको सहमतिमा एमसिसी संसदबाट अनुमोदन गर्न प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीसँग प्रस्ताव गरेका छन्।
प्रधानमन्त्री प्रस्ताव- एमसिसी सबैको सहमतिमा अनुमोदन गरौं, ओलीको जवाफ- संसद् प्रवेशको वातावरण बनाउनुस्

काठमाडौं, फागुन १३ : प्रधानमन्त्री शेरबहादुर देउवालले सबैको सहमतिमा एमसिसी संसदबाट अनुमोदन गर्न प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीसँग प्रस्ताव गरेका छन्। शुक्रबार साँझ कांग्रेस नेताहरुसहित ओली निवास बालकोट पुगेर प्रधानमन्त्रीले यस्तो प्रस्ताव गरेका हुन्।

एमाले अध्यक्ष ओलीसँगको छलफलपछि पत्रकारहरु सँग कुरा गर्दै कांग्रेस नेता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको अवरोध खुलाउन विषयमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल गरेको बताउँदै एमससीलाई सबैको समहतिमा प्रतिनिधिसभाबाट अनुमोदन गर्न प्रस्ताव गरेको बताए ।

उनले छलफल सकारात्मक भएपनि ओलीले पुरानै अडान दोहोर्याएको बताए । ‘ओलीले पुरानै अडान दोहोर्याउनु भयो। उहाँले संसद् प्रवेशको वातावरण तयार गर्नुस्, त्यसपछि हामी हाम्रो विचार राख्छौं । अनि निष्कर्षमा पुग्न सजिलो हुन्छ भन्नुभयो,’ सञ्चारमन्त्री कार्कीले भने ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसतिका नेताहरुसँग बालुवाटारमा छलफल गरेलगत्तै कांग्रेस नेताहरुसहित देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए।

प्रकाशित मिति: २१:४६ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्