‘नायल पर्यटकीय क्षेत्रको विकासका लागि प्रतिबद्ध छु’
कञ्चनपुर, फागुन १३ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नायल पर्यटकीय क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन।कैलाली, कञ्चनपुर र डडेल्धुराको...कञ्चनपुर, फागुन १३ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नायल पर्यटकीय क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन।
कैलाली, कञ्चनपुर र डडेल्धुराको त्रिबिन्दुमा पर्ने पर्यटकीय क्षेत्र नायलको भ्रमण गर्दै आज उनले गुरुयोजना बनाइ यस क्षेत्रको विकासका कार्य अगाडि बढाइने बताए। पर्यटकीय क्षेत्र पुग्ने सडकको स्तरवृद्धिका लागि चाँडै कार्य अगाडि बढाइने उनले बताए।
'नायल गाउँको ऐतिहासिक लोक सांस्कृतिक पुरातात्विक क्षेत्रको संरक्षण गर्नका लागि कार्यक्रम सञ्चालन हुन्छ,' उनले भने, 'नायल गाउँलाई पूर्वडोटी र दक्षिण कञ्चनपुरसम्म जोड्दै ऐतिहासिक प्राकृतिक क्षेत्रको विकासका कार्यक्रम सञ्चालन गर्न इच्छुक छु।'
प्रकाशित मिति: २०:१६ बजे, शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)