Kathmandu Press

डाका मुद्दाका फरार प्रतिवादी पक्राउ

चितवन, फागुन १३ : जिल्ला प्रहरी कार्यालय चितवनले डाका मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका...
डाका मुद्दाका फरार प्रतिवादी पक्राउ
Hardik ivf

चितवन, फागुन १३ : जिल्ला प्रहरी कार्यालय चितवनले डाका मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा खैरहनी नगरपालिका–६ का ३१ वर्षीय कमल श्रेष्ठ रहेका छन्।

श्रेष्ठलाई चितवन जिल्ला अदालतबाट विसं २०७० भदौ २५ गते डाका मुद्दामा पाँच वर्ष ११ महिना २ दिन कैद र दुई लाख ७१ हजार २० रूपैयाँ जरिवाना तोकेको थियो। उनलाई प्रहरीले चितवन जिल्ला अदालत पेश गरेको छ। फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको हो।

प्रकाशित मिति: १८:५९ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्