Kathmandu Press

विद्युत् व्यापारमा नयाँ आयाम थप्ने इपानको विश्वास

काठमाडाैं, फागुन १३ : नेपाल र भारतका ऊर्जा सचिवहरुको संयुक्त निर्देशक समितिको बैठकले गरेका विभिन्न निर्णय एवं सहमतिको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल...
विद्युत् व्यापारमा नयाँ आयाम थप्ने इपानको विश्वास

काठमाडाैं, फागुन १३ : नेपाल र भारतका ऊर्जा सचिवहरुको संयुक्त निर्देशक समितिको बैठकले गरेका विभिन्न निर्णय एवं सहमतिको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले स्वागत गरेको छ।

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले पछिल्लो सहमतिले नेपाल भारत विद्युत् व्यापारमा नयाँ आयाम थप्नुका साथै दुई देशबीचको सुमधुर सम्बन्धलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन। बैठकमा निर्णयले नेपालको विद्युत् बङ्गलादेशसम्म निर्यातका लागि आधार तय गरेको भन्दै इपानले सो निर्णयले आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

नेपालको ऊर्जा क्षेत्रको लगानीमा थप प्रोत्साहन गर्नुका साथै ठूला परियोजना निर्माण, प्रसारण लाइन बनाउन र अन्तरदेशीय ऊर्जा व्यापारका लागि पनि पछिल्लो निर्णयले बलियो आधार तयार पारेको इपानको ठहर छ। इपानले दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले गरेका निर्णयको स्वागत गर्दै आज जारी गरेको विज्ञप्तिमा ऊर्जा क्षेत्रमा ठोस प्रगति हुने अपेक्षा गरेको छ।

प्रकाशित मिति: १८:४६ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्