कांग्रेस नेताहरूसहित प्रधानमन्त्री देउवा बालकाेटमा
काठमाडौं, फागुन १३ : प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरू प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका...
काठमाडौं, फागुन १३ : प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरू प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन्।
बालकोट जानुअघि कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो।
माओवादी केन्द्रका नेताहरूसँगको छलफलपछि कांग्रेस नेताहरूसहित प्रधानमन्त्री देउवा बालकोट गएको उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।
संसदमा गत आइतबार टेबुल गरिएको एमसिसी पारित गर्न सत्तारुढ गठबन्धनका दलहरुबाट असहयोग हुने देखिएपछि प्रधानमन्त्री देउवाले एमालेसँग छलफल अघि बढाएका हुन्। यसअघि पनि एमसिसीबारे एमालेसँग पटकपटक छलफल भएको थियो।
एमालेले आफू अन्यायमा परेको भन्दै आफ्ना माग पूरा नभएसम्म एमसिसी अनुमोदन प्रक्रियामा सहभागी हुन नसक्ने जनाउँदै आएको छ।
पार्टी कारबाहीमा परेका माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने या सभामुखले मार्गप्रशस्त गर्नुपर्ने अडान एमालेको छ।
एमसिसीमाथि सैद्धान्तिक छलफल गर्न भन्दै कार्यसूचीसमेत बनिसकेको अवस्थामा दुईपटक संसद बैठक बस्दै नबसी स्थगित भइसकेको छ।
अर्को बैठक १५ गते बस्दैछ। त्यसअघि नै एमसिसी पारित गर्ने वातावरण तय गर्न प्रधानमन्त्री देउवा गृहकार्य जुटेका छन्।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)