Kathmandu Press

जसपाका केन्द्रीय सदस्य गुरुङसहित ११ सय नेता कार्यकर्ता एमालेमा

काठमाडौं, फागुन १३ : पोखरामा विभिन्न दलका प्रभावशाली नेताहरु एमाले प्रवेश गरेका छन्। नेकपा एमाले गण्डकी प्रदेश कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता तथा पार्टी प्रवेश...
जसपाका केन्द्रीय सदस्य गुरुङसहित ११ सय नेता कार्यकर्ता एमालेमा

काठमाडौं, फागुन १३ : पोखरामा विभिन्न दलका प्रभावशाली नेताहरु एमाले प्रवेश गरेका छन्। नेकपा एमाले गण्डकी प्रदेश कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रममा कांग्रेस, माओवादी, जसपा लगायतका दल परित्याग गरि एमाले प्रवेश गरेका १ हजार ११० नेता कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन्। 

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरूङ पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन्। एमाले अध्यक्ष ओलीले गुरुङलाई पार्टीमा स्वागत गरेका छन्। 

एमाले प्रवेश गर्नेहरुमा जसपा केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इन्चार्ज देवीराज गुरुङ, केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति अध्यक्ष हुमबहादुर गुरुङ, केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति बरिष्ठ उपाध्यक्ष दीपक तामाङ, तमुवान राज्य समिति उपाध्यक्ष टाँसीमाया गुरुङ र किसान विश्वकर्मा गण्डकी प्रदेश सदस्यहरु खड्गबहादुर गुरुङ, लक्ष्मण गुरुङ लगायत प्रवेश गरेका हुन् । 

कांग्रेसबाट एमालेमा प्रवेश गर्नेहरुमा तरुण दल पोखरा १८ का उपसभापति शंकरजंग थापा, ट्रेड युनियन कांग्रेसका नवराज बिजुक्छे लगायत रहेका छन् ।

May be an image of 1 person and standing

माओवादी केन्द्रबाट पोखरा ७ का पूर्व अध्यक्ष सूर्यबहादुर कार्की, माछापुच्छ«े गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष टेकनाथ गौतम, प्रदेश कमिटी सचिवालय सदस्य राजु पराजुली लगायत प्रवेश गरेका छन् । 

नेकपा समाजवादीबाट कास्की जिल्ला सचिवालय सदस्य पोखरा १७ का चित्र बराल, कमल बराल, दीव्य कुमार बराल, तोरण लोहार लगायत एमालेमा प्रवेश गरे । 

राप्रपाका नेता एवं पोखराका पूर्व मेयर भीमसेन थापा एमालेमा प्रवेश गरेका छन् ।सामाजिक व्यक्तित्व डा. सुधीर पराजुलीसमेत पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा लगाई एमालेमा विधिवत् प्रवेश गरेका छन् ।
 

प्रकाशित मिति: १८:२३ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्