बालुवाटार बैठक सकियो, एमसिसीमा माओवादी केन्द्र लचिलो
एमसिसी निर्णायक चरणमा पुग्दै गर्दा माओवादी केन्द्रले गठबन्धन बचाउने विकल्पहरुका बारेमा प्रधानमन्त्री देउवासँग लगातार छलफल गर्दै आइरहेको छ।
काठमाडौं, फागुन १३ : बालुवाटार बैठक सकिएको छ।
नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच भएको छलफल भर्खरै सकिएको बालुवाटार स्रोतले जानकारी दिएको छ। सत्ता गठबन्धन बचाउन अन्तिम प्रयास गर्ने माओवादी केन्द्रको निर्णयपछि प्रचण्ड बालुवाटार पुगेका थिए।
छलफलमा माओवादी केन्द्र एमसिसीको विषयमा केही लचिलो बनेको बालुवाटार स्रोतले काठमाडौं प्रेसलाई जानकारी दिएको छ। यसअघि सत्ता गठबन्धन भत्किएपनि एमसिसीको पक्षमा नउभिने अडानमा रहेको माओवादी केन्द्रले शुक्रबार भने एमसिसीकै कारण सत्ता गठबन्धन टुट्न नहुने निष्कर्श निकालेको थियो।
एमसिसी निर्णायक चरणमा पुग्दै गर्दा माओवादी केन्द्रले गठबन्धन बचाउने विकल्पहरुका बारेमा प्रधानमन्त्री देउवासँग लगातार छलफल गर्दै आइरहेको छ। नेकपा एमालेसँग मिलेर प्रधानमन्त्रीले एमसिसी अनुमोदन गर्ने तयारी गरेपछि माओवादी केन्द्र र एकिकृत समाजवादी पनि केही नरम बनेको हो।
बालुवाटारमा प्रचण्ड र देउवाबीच छलफल चल्दै गर्दा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पनि पुगेका थिए। यसअघि एमसिसी टेबुल गर्ने समयमा भने शर्मा सांसदमा उपस्थित नै भएनन्। जनार्दन शर्मा पुगेपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि छलफलमा पुगेका हुन्।
आजको छलफल सकारात्मक तर्फ उन्मुख भएको बालुवाटार स्रोतले बताएको छ।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)