Kathmandu Press

रुस र युक्रेनलाई वार्ताबाट विवाद समाधान गर्न आह्वान

न्युयोर्क, फागुन १३ : संयुक्त राष्ट्रसंघ महासभाको ७६औं सत्रका अध्यक्ष अब्दुल्ला शाहिदले बिहीबार युक्रेनमा शान्तिपूर्ण माध्यमबाट तत्काल युद्धविराम र विवाद समाधान गर्न आह्वान...
रुस र युक्रेनलाई वार्ताबाट विवाद समाधान गर्न आह्वान

न्युयोर्क, फागुन १३ : संयुक्त राष्ट्रसंघ महासभाको ७६औं सत्रका अध्यक्ष अब्दुल्ला शाहिदले बिहीबार युक्रेनमा शान्तिपूर्ण माध्यमबाट तत्काल युद्धविराम र विवाद समाधान गर्न आह्वान गरेका छन्।

'म तुरुन्त युद्धविराम, तनाव कम गर्न र कूटनीति र वार्तामा फर्किनका निम्ति आह्वान गर्दछु,' अध्यक्षले विज्ञप्तिमार्फत यस्ताे आग्रह गरेका हुन्।

संयुक्त राष्ट्रसंघको बडापत्र सार्वभौम समानताको सिद्धान्तमा आधारित रहेको कुरामा जोड दिँदै शाहिदले सबै सदस्य राष्ट्रहरूलाई आफ्ना अन्तरराष्ट्रिय विवादहरू शान्तिपूर्ण माध्यमबाट समाधान गर्न आह्वान गरेका हुन्।

'म सबै सदस्य राष्ट्रहरूलाई अन्तरराष्ट्रिय कानुन र अन्तरराष्ट्रिय मानवीय कानून अन्तर्गत आफ्नो दायित्व पूरा गर्न मेरो आह्वान पुनः दोहोर्याउँछु,' उनले भने।

शाहिदले भने, 'युक्रेन र यहाँका जनतालाई मानवीय सहायताको लागि अहिले सुरक्षित र निर्बाध पहुँच प्राथमिकता र समयको आवश्यकता हो।'

प्रकाशित मिति: १७:१५ बजे, शुक्रबार, फागुन १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्