Kathmandu Press

अमेरिकाले भियतनामबाट पाठ सिकेन : पाकिस्तानी राष्ट्रपति

इस्लामावाद, फागुन १३ : पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले 'विगतबाट पाठ नसिकेको' र 'अर्को जालमा फसेको' भन्दै आश्चर्य व्यक्त गरेका छन्।अल्वीले...
अमेरिकाले भियतनामबाट पाठ सिकेन : पाकिस्तानी राष्ट्रपति

इस्लामावाद, फागुन १३ : पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले 'विगतबाट पाठ नसिकेको' र 'अर्को जालमा फसेको' भन्दै आश्चर्य व्यक्त गरेका छन्।

अल्वीले ‘दक्षिण एसिया : उदीयमान अवसर र चुनौती’ विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो टिप्पणी गरेका हुन्।

'मलाई विश्वास थियो कि अमेरिकाले भियतनाम युद्धबाट पाठ सिकेको छ र अर्को जालमा फस्ने छैन,' अल्वीले भने।

राष्ट्रपति अल्वीको यो टिप्पणी जारी युक्रेन द्वन्द्वको बीचमा आएको हो। केही समयअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मस्को भ्रमण गरेका थिए। यद्यपि विश्लेषकहरूले साे भ्रमणलाई 'असान्दर्भिक' र 'मूर्खतापूर्ण' भनेका छन्।

प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, फागुन १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्