भन्सार छलेर ल्याएको साढे ३ करोडको सामानसहित चारजना पक्राउ
चितवन, फागुन १३ : भन्सार छलेर ल्याएको सामानसहित चितवनबाट चारजना पक्राउ परेका छन्।खैरहनी नगरपालिका–८ स्थित सडकबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी चारवटा...चितवन, फागुन १३ : भन्सार छलेर ल्याएको सामानसहित चितवनबाट चारजना पक्राउ परेका छन्।
खैरहनी नगरपालिका–८ स्थित सडकबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी चारवटा ट्रकमा ल्याउँदै गरेका कपडा, फलामको छड, भाँडावर्तन र ट्रकसमेत गरी करिब ३ करोड ४९ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको सामानहरू सहित चारजना चालकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
पर्साको वीरगन्जबाट भन्सार छलेर लत्ता कपडाहरु लगायत अन्य सामान ल्याएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले जाँच गर्दा ना।६ ख ११३ नम्बरको ट्रक लगायत ४ वटा ट्रकबाट ल्याउँदै गरेको उक्त सामानहरू बरामद गरेको हो।
बरामद मालसामान, चारवटै ट्रक र चालकहरूलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको प्हरीले जनाएको छ।
प्रकाशित मिति: १६:५९ बजे, शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१