Kathmandu Press

प्रधानमन्त्री देउवासँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

शुक्रबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसिसीका कारण गठबन्धन टुट्न नदिने र गठबन्धन बचाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको थियो। सोही निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन्। 
प्रधानमन्त्री देउवासँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

काठमाडौं, फागुन १३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन्। एमसिसी र सत्ता गठबन्धनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग छलफल गर्नका लागि प्रचण्ड केहीबेरअघि बालुवाटार पुगेका हुन्। 

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन्।

बालुवाटार जानुअघ प्रचण्डले एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए। सिंहदरबारमा प्रचण्ड र नेपालबीच एमसिसीकै कारण सत्ता गठबन्धन टुट्न नदिने उपायहरुका बारेमा छलफल भएको थियो। 

शुक्रबार बिहान नै नेपालले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए। भेटमा सत्ता गठबन्धन जोगाउने विषयमा छलफल भएको थियो। 

शुक्रबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसिसीका कारण गठबन्धन टुट्न नदिने र गठबन्धन बचाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको थियो। सोही निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन्। 
 
प्रकाशित मिति: १६:४५ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्