युक्रेन संकटबाट अन्तर्राष्ट्रिय फौजदारी अदालत चिन्तित
द हेग, फागुन १३ : रुसले पूर्ण मात्रामा आक्रमण गरेपछि युक्रेनमा भएका घटनाक्रमहरुप्रति आफू थप चिन्तित भएको अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का अभियोजक...
द हेग, फागुन १३ : रुसले पूर्ण मात्रामा आक्रमण गरेपछि युक्रेनमा भएका घटनाक्रमहरुप्रति आफू थप चिन्तित भएको अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का अभियोजक करिम खानले शुक्रबार बताएका छन्।
'मैले बढ्दो चिन्ताका साथ युक्रेन र वरपरका घटनाक्रमहरू नजिकबाट नियालेको छु,' खानले एक विज्ञप्तिमार्फत बताएका छन्।
'यो अत्यावश्यक छ कि द्वन्द्वका सबै पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत आफ्नो दायित्वहरूको सम्मान गर्दछ,' उनले दुवै पक्षलाई चेतावनी दिँदै भनेका छन्, 'आफ्नो क्षेत्राधिकारको प्रयोग गर्न र १४ फेब्रुअरी २०१४ पछि युक्रेनको क्षेत्रमा भएको नरसंहार, मानवताविरुद्धको अपराध वा युद्ध अपराधको कुनै पनि कार्यको अनुसन्धान गर्न सक्छ।'
प्रकाशित मिति: १६:१५ बजे, शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












