Kathmandu Press

चिनियाँ विद्यार्थीलाई दुर्व्यवहार नगर्न अमेरिकालाई चीनको आग्रह

बेइजिङ, फागुन १३ : चीनले अमेरिकामा रहेका आफ्ना विद्यार्थीहरुलाई दुर्व्यवहार नगर्न आग्रह गरेको छ।अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरुलाई अनेक बहानामा दुःख दिने गरेको, झमेलामा पार्ने...
चिनियाँ विद्यार्थीलाई दुर्व्यवहार नगर्न अमेरिकालाई चीनको आग्रह

बेइजिङ, फागुन १३ : चीनले अमेरिकामा रहेका आफ्ना विद्यार्थीहरुलाई दुर्व्यवहार नगर्न आग्रह गरेको छ।

अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरुलाई अनेक बहानामा दुःख दिने गरेको, झमेलामा पार्ने गरेको, देशनिकाला गर्ने गरेको चीनको भनाइ छ। 

त्यसैगरी चिनियाँ विद्यार्थीलाई चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य रहेको वा नरहेको बारेमा निरन्तर प्रश्न गर्ने गरिएको पनि चीनले आरोप लगाएको छ।

कुनै पार्टीमा आबद्ध हुनु वा नहुनु उनीहरुको स्वतन्त्रताको विषय भए पनि अमेरिकाले त्यसमा संलग्न नहुन अप्रत्यक्ष रुपमा दबाब दिएको चीनको भनाइ छ। 

चीनको विदेश मन्त्रालयका प्रवक्ता हउ चुनिङले अमेरिकाको व्यवहारप्रति कडा रुपमा असन्तुष्टि जनाए। अमेरिकामा अन्य देशका विद्यार्थी र चिनियाँ विद्यार्थीका बीचमा विभेद भएको पनि उनले बताए।

अमेरिकाको यस्तो प्रकारको व्यवहारलाई आफूहरुले गम्भीरता पूर्वक लिएको र आगामी दिनमा यस्तो नगर्न आग्रह गरिएको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति: १६:१२ बजे, शुक्रबार, फागुन १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्