Kathmandu Press

एमसिसी ल्याउनेहरुले नै सडकमा तमासा देखाइरहेका छन् : ओली

एमसिसी ल्याउनेहरुले नै सडकमा तमासा देखाइरहेका छन् : ओली

काठमाडौं, फागुन १३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसी सम्झौता गर्नेहरुले नै सडकमा तमासा देखाइरहेको बताएका छन्। पोखरामा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ओलीले एमसिसी सम्झौता गर्नेहरु नै सडक तताउन र ढुंगामुढा तम्सिएका आरोप लगाएका हुन्। 

‘तमासा पनि हदको हुन्छ नि, सरकारमा पनि उनै छन्,’ ओलीले भने, ‘सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भत्काउन लगाउँछन् । प्रहरी देख्नै हुँदैन ढुंगा हान्न लगाउँछन् । मान्छे देख्दै हुँदैन ढुंगा हान्न लगाउँछन्। 

तत्कालीन एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा अमेरिकासँग एमसिसी  माग गरेको ओलीले दाबी गरे।

‘एमसीसीका लागि चिठी पठाउने झलनाथ खनाललाई ढुङ्गा हानिन्न। बाबुराम भट्टराईलाई हानिन्न। ठीक छ भनी सही गर्ने महरालाई हानिन्न्’,  जसपाका नेता कार्यकर्ता एमालेमा भित्र्याउन पोखरा पुगेका ओलीले भने, ‘कांग्रेसले पास गर्नुपर्छ भन्छ। उसलाई ढुङ्गा हानिन्न। सम्झौता गर्नेलाई कसैले ढुङ्गा हान्दैन। म बाटोमा हिंड्छु। ढुङ्गा हान्छन्,’ उनले भने। 

ओलीले गठबन्धनको सरकार बनेपछि देश विकासको कुरा सुन्न छाडिएको पनि बताए। हामीले सरकार छाडेपछि विकासको कुरा सुन्नुभयो?,’ उनले भने, ‘हामी सरकारबाट हटेपछि देशमा विकासको  चर्चा हुँदैन, गठबन्धनको हुन्छ।’

प्रकाशित मिति: १५:४० बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्