Kathmandu Press

थप २७५ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं, फागुन १३ : नेपालमा थप २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ५ हजार ४ सय ५२ पिसिआर परिक्षणका क्रममा...
थप २७५ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं, फागुन १३ : नेपालमा थप २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ५ हजार ४ सय ५२ पिसिआर परिक्षणका क्रममा १ सय ५८ जना र ३ हजार १ सय ७६ एन्टीजेन परिक्षणका क्रममा १ सय १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३२ जनाको मृत्यु भएको छ।

त्यस्तै थप ५ सय ५५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५५ हजार ४ सय ५८ संक्रमित निको भएका छन्। हाल नेपालमा ९ हजार २ सय ८० सक्रिय संक्रमित आइशालेसन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १५:३९ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्