Kathmandu Press

विद्यालय गएकी बालिका दुई दिनपछि मृत भेटिइन्, बलात्कारपछि हत्या भएकाे आशंका

मोरङ, फागुन १३ मोरङको लेटाङ नगरपालिका–८ लालहिरा सामुदायिक वनमा आज (शुक्रबार) बिहान गाडिएको अवस्थामा एक बालिकाको शव भेटिएको छ।उक्त शव लेटाङ–८ ज्यामिरे टोलकी...
विद्यालय गएकी बालिका दुई दिनपछि मृत भेटिइन्, बलात्कारपछि हत्या भएकाे आशंका

मोरङ, फागुन १३ : मोरङको लेटाङ नगरपालिका–८ लालहिरा सामुदायिक वनमा आज (शुक्रबार) बिहान गाडिएको अवस्थामा एक बालिकाको शव भेटिएको छ।

उक्त शव लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार ती बालिका दुई दिनदेखि हराइरहेकी थिइन्।

निर्वस्त्र अवस्थामा भेटिएकाले ती बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ। प्रहरीले शव पोस्टमार्टमका लागि उठाउन खोजे पनि स्थानीयले दिएका छैनन्। दोषीलाई पक्राउ नगरेसम्म शव उठाउन नदिने भन्दै उनीहरूले प्रदर्शनसमेत गरिरहेका छन्।

प्रदर्शनमा उत्रिएका स्थानीयसँग शव उठाउने विषयमा समन्वय भइरहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायब उपरीक्षक (डिएसपी) मन्जिल मुकारुङले काठमाडौं प्रेसलाई जानकारी दिए।

त्यसका लागि प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसी नै स्थानीयसँग समन्वयका निम्ति जुटिरहेको डिएसपी मुकारुङले बताए। 

प्रहरीका अनुसार कक्षा ६ मा पढ्दै गरेकी ती बालिका विद्यालय गएको बेला बुधबार दिउँसोदेखि बेपत्ता थिइन्। विद्यालयबाट घर नफर्किएपछि  परिवार तथा आफन्तजनले खोजतलासका लागि आग्रह गर्दै प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले खोजी गर्ने क्रममा ती बालिकाको घरदेखि करिब ३ किलोमिटरको दुरीमा गाडिएको अवस्थामा शव फेला परेको हो। शंकास्पद दुईजनालाई पक्राउ गरिएको डिएसपी मुकारुङले जानकारी दिए।

प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्