स्थानीय निर्वाचन प्रयोजनका लागि एमालेद्वारा दल दर्ता
काठमाडाैं, फागुन १३ : एमालेले स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ।दल दर्ताका लागि महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार निर्वाचन...
काठमाडाैं, फागुन १३ : एमालेले स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ।
दल दर्ताका लागि महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार निर्वाचन आयोग पुगेको थियो। दल दर्तापछि एमाले महासचिव पोखरेलले प्रमुख दलहरुबीचमा आधारभूत सहमति हुनुपर्ने बताए।
उनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा एमाले निर्वाचनको तयारीमा जुटेको जानकारी दिए। पोखरेलले अहिले सरकार परिवर्तन गर्ने पक्षमा आफूहरु नरहेको भन्दै लोकतन्त्रलाई सहि बाटोमा हिँडाउनका लागि एमाले प्रतिबद्ध रहेको जिकिर गरे।
सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले यही फागुन ५ देखि १५ सम्म दल दर्ताको समय तोकेको छ। अहिलेसम्म ४० वटा दल दर्ताका लागि निवेदन प्राप्त भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
यसअघि दर्ता भएका दलले पनि निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्नुपर्ने उनको भनाइ छ। आयोगले स्थानीय तह निर्वाचनको तयारी पनि तीव्र रुपमा भइरहेको जनाएको छ।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)