Kathmandu Press

भारतमा थप १३ हजार नयाँ सङ्क्रमित

नयाँ फागुन १३ : भारतमा कोरोनाभाइरसबाट थप १३ हजार १६६ जना सङ्क्रमित भएका छन्।सोही अवधिमा कोरोनाकै कारण ३०२ जनाको मृत्यु भएको पनि संघीय...
भारतमा थप १३ हजार नयाँ सङ्क्रमित

नयाँ फागुन १३ : भारतमा कोरोनाभाइरसबाट थप १३ हजार १६६ जना सङ्क्रमित भएका छन्।

सोही अवधिमा कोरोनाकै कारण ३०२ जनाको मृत्यु भएको पनि संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

भारतमा कोरोना भाइरसबाट अहिलेसम्म ४ करोड २८ लाख ९४ हजार २३५ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्यांक छ।

मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १ लाख ३४ हजार २३५ रहेको छ। त्यसैगरी

कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या भने ५ लाख १३ हजार २२६ पुगेको अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये चार करोड २२ लाख ४६ हजार ८८४ जना सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये २६ हजार ९८८ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन्।

प्रकाशित मिति: १३:१८ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्