Kathmandu Press

गठबन्धन बचाउन अन्तिम प्रयास गर्ने माओवादी केन्द्रको निर्णय

‘एमसिसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रहि गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भयो’ प्रचण्डको सचिवालयले भनेको छ।
गठबन्धन बचाउन अन्तिम प्रयास गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं, फागुन १३ : नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ। 

प्रचण्डनिवास खुमलटारमा भएको केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धन कायम राख्न अन्तिम प्रयास गर्ने निर्णय भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्। 

एमसिसीका बारेमा भने माओवादी केन्द्रको धारणा पूर्ववत् नै रहेको छ। ‘एमसिसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रहि गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भयो’ प्रचण्डको सचिवालयले भनेको छ।

पार्टीको निर्णयबारे प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्ड आजै बालुवाटार जाने बताइएको छ। 
 

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्