Kathmandu Press

‘प्रतिनिधिसभाबाट एमसिसी पारित हुन्छ’

धनगढी, फागुन १३ : खानेपानीमन्त्री उमाकान्त चौधरीले प्रतिनिधिसभाबाट एमसिसी पारित हुने विश्वास व्यक्त गरेका छन्।प्रेस युनियन कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...
‘प्रतिनिधिसभाबाट एमसिसी पारित हुन्छ’

धनगढी, फागुन १३ : खानेपानीमन्त्री उमाकान्त चौधरीले प्रतिनिधिसभाबाट एमसिसी पारित हुने विश्वास व्यक्त गरेका छन्।

प्रेस युनियन कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसिसी विशुद्ध अनुदान परियोजना भएको र त्यो नेपालको हितमा रहेको स्पष्ट पार्दै त्यसबारे गलत भ्रम फैलाइएको बताए।

मन्त्री चौधरीले एमसिसी नेपालको गरिबी निवारणका लागि महत्वपूर्ण परियोजना भएको बताए।

एमसिसीकै कारण सत्तारुढ गठबन्धन टुट्न आँटेको र प्रमुख प्रतिपक्षी दल एमालेसँग कांग्रेसले सहकार्य गर्न लागेको भनी  राखिएको जिज्ञासामा उनले लोकतन्त्रमा सबैखाले विकल्पको ढोका खुलै रहने बताए।

प्रकाशित मिति: १३:०१ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्