Kathmandu Press

प्रतिनिधिसभाको आजको  बैठक स्थगित, अर्को बैठक १५ गते बस्ने

काठमाडौं, फागुन १३ : प्रतिनिधिसभाको आज (शुक्रबार) को  बैठक आज पनि स्थगित भएको छ।संघीय संसदको सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना टाँसेर बैठक स्थगित...
प्रतिनिधिसभाको आजको  बैठक स्थगित, अर्को बैठक १५ गते बस्ने

काठमाडौं, फागुन १३ : प्रतिनिधिसभाको आज (शुक्रबार) को  बैठक आज पनि स्थगित भएको छ।

संघीय संसदको सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना टाँसेर विशेष कारणले बैठक स्थगित गरिएको जानकारी दिएका हुन्।

हिजो (बिहीबार) बस्दै नबसी स्थगित भएकाे बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो। आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो।

गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको जनाइएको छ।

प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्