प्रतितोला १ हजारले घट्यो सुनको मूल्य
काठमाडौं, फागुन १३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. १ हजारले घटेर रु. ९८ हजार तोकिएको छ। पहेंलो धातुको अघिल्लो दिन प्रतितोला...
काठमाडौं, फागुन १३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. १ हजारले घटेर रु. ९८ हजार तोकिएको छ। पहेंलो धातुको अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ५०० तोकिएको छ । बिहीबार यसको मूल्य प्रतितोला रु. ९८ हजार ५०० थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २० ले घटेर रु एक हजार ३३५ पुगेको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस रू. १ हजार ९१४ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:३२ बजे, शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











