Kathmandu Press

नेटोले युक्रेनमा सेना नपठाउने

ब्रसेल्स, फागुन १३ : उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले युक्रेनभित्र सेना नपठाउने भएको छ।सो कुराको जानकारी नेटोका महासचिवले बिहीबार दिएका हुन्। उनले दिएको...
नेटोले युक्रेनमा सेना नपठाउने

ब्रसेल्स, फागुन १३ : उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले युक्रेनभित्र सेना नपठाउने भएको छ।

सो कुराको जानकारी नेटोका महासचिवले बिहीबार दिएका हुन्। उनले दिएको जानकारीअनुसार नेटोले आफ्ना सेनाहरु स्वतन्त्रताको खोजी गरिरहेका युक्रेनका पूर्वी भूभागका दुई सहरमा पठाउन सक्ने तर युक्रेनभित्र नै सेना नपठाउने निर्णय गरेको हो।

Hardik ivf

बिहीबार बसेको नेटोको आपतकालीन बैठकमा सो निर्णय भएको नेटोका महासचिव जेन्स स्टोल्टबर्गले जानकारी दिनुभएको छ। उनले यस विषयमा छलफल भएको र अहिले नै नेटोले युक्रेनमा रहनेगरी सेना नपठाउने विषयमा निर्णय भएको जानकारी दिएको समाचारमा जनाइएको छ।

साथै सो बैठकले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न र रुसी सेना फिर्ता गर्न पनि आग्रह गरेको छ। सो बैठकपछि भनिएको छ, हामीले रुसलाई युक्रेनमाथिको सैन्य हमला तत्कालै रोक्न भनेका छौँ र यसरी सैनिक आक्रमणबाट नभएर कूटनीतिक माध्यमबाट यसको समाधानका लागि तयार हुन हामीले भनेका छौं।

रुसले बिहीबारदेखि युक्रेनमा सैन्य हमला गरिरहेको छ। युक्रेनका कैयौँ सहरमा रुसको सेनाले हलाई हमला गरिरहेका बताइएको छ।

प्रकाशित मिति: १२:१६ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्