Kathmandu Press

एमसिसीबारे निर्णय लिन जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक 

काठमाडौं, फागुन १३ : जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक केहीबेरमा बस्दै छ। पार्टी केन्द्रीय कार्यालयमा १२ बजेपछि बस्नेगरि बैठक बोलाइएको...
एमसिसीबारे निर्णय लिन जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक 

काठमाडौं, फागुन १३ : जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक केहीबेरमा बस्दै छ। पार्टी केन्द्रीय कार्यालयमा १२ बजेपछि बस्नेगरि बैठक बोलाइएको एक नेताले जानकारी दिएका छन्। 

आजको बैठकले अमेरिकी सहयोग सम्झौता एमसिसीका बारेमा पार्टीको आधिकारिक धारणा बनाउने बताइएको छ। प्रतिनिधि सभाको बैठकअघि नै एमसिसीका बारेमा पार्टीको आधिकारिक धारणाबारे निर्णय गरिने बताइएको छ। 

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ। त्यसअघि एमसिसीबारे निर्णय गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको हो। 

एमसिसीका विषयमा जसपाभित्र पनि मतभेद कायम छ। उपेन्द्र यादव पक्ष एमसिसी पास गर्न नहुने पक्षमा छन् भने बाबुराम भट्टराई भने एमसिसी यथास्थितीमै पास गर्नुपर्ने पक्षमा छन्। 

आजको बैठकले एमसिसीको बारेमा एउटै निर्णय लिने जसपा संसदीय दलका नेता प्रमोद साहले जानकारी दिएका छन्। 

प्रकाशित मिति: १२:११ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्