Kathmandu Press

चीन र रुसका विदेशमन्त्री फोनवार्ता

बेइजिङ, फागुन १३ : चीनका विदेशमन्त्री वाङ यी र रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनमा वार्ता भएको समाचारमा जनाइएको छ।उनीहरुका बीचमा बिहीबार फोनवार्ता भएको...
चीन र रुसका विदेशमन्त्री फोनवार्ता

बेइजिङ, फागुन १३ : चीनका विदेशमन्त्री वाङ यी र रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनमा वार्ता भएको समाचारमा जनाइएको छ।

उनीहरुका बीचमा बिहीबार फोनवार्ता भएको छ। बिहीबार नै रुसले युक्रेनमा सैन्य हमला थालेको थियो।

त्यसपछि बिहीबार राति उनीहरुका बीचमा फोनवार्ता भएको समाचारमा जनाइएको छ। सो फोनवार्ताका क्रममा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनमा रुसले गरेको हमलाको बारेमा जानकारी गराएका थिए। रुसले बिहीबारदेखि युक्रेनमा सैन्य हमला गरिरहेको छ।

युक्रेनका कैयौँ सहरमा रुसको सेनाले हलाई हमला गरिरहेका बताइएको छ। सो फोनवार्ता खासगरी युक्रेनमाथिको हमला र त्यसका कारण विश्वमा उत्पन्न भएको राजनीतिक तरंगका विषयमा केन्द्रित रहेको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: १२:१० बजे, शुक्रबार, फागुन १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्