Kathmandu Press

जसिता र प्रदीपको ‘लभ स्टेसन’मा फरक भूमिका

काठमाडौं, माघ २१ : ‘लिली बिली’ जोडी प्रदिप खड्का र जसिता गुरुङको नयाँ फिल्म ‘लभ स्टेसन’ चैत २२ मा रिलिज हुने भएको छ । भियतनामा....

जसिता र प्रदीपको ‘लभ स्टेसन’मा फरक भूमिका

काठमाडौं, माघ २१ : ‘लिली बिली’ जोडी प्रदिप खड्का र जसिता गुरुङको नयाँ फिल्म ‘लभ स्टेसन’ चैत २२ मा रिलिज हुने भएको छ । भियतनामा एक गीतको छायाङ्कन पूरा गरेर शुक्रबार नेपाल फर्किएको ‘लभ स्टेसन’को टोलीले यस अघि तय गरिएको मिति २९ बाट छोट्याएर चैत २२ मै रिलिज गर्ने भएको हो ।

प्रदीप र जसिताको रोमान्स रहेको यो फिल्मको ‘घाम जुन नै चाहिँदैन’ गीतको भिडियो प्रेमदिवसको अवसरमा फागुन २ मा रिलिज गरिन लागेको छ ।

Hardik ivf

फिल्मका प्रस्तुतकर्ता एवं निर्माता वितरक गोबिन्द शाहीले ‘लभ स्टेसन’को रिलिज मिति फेरबदल गर्नुको कारण खुलाउदै भने, ‘‘मैले वितरण गरेको फिल्म ‘क्याप्टेन’ फागुन १७ मा, ‘साईंली’ चैत १५ मा र ‘ए, मेरो हजुर–३’ चैत २९ मा रिलिज गरिने भएपछि प्रदर्शन व्यबस्थित गर्न पनि ‘लभ स्टेसन’लाई चैत २२ मा रिलिज गर्ने निर्णय गरिएको हो ।”

यो फिल्म पारिवारिक प्रेमकथामा आधारित रहेकाको बताउँदै अभिनेता खड्काले भने, ‘‘विगतको फिल्ममा भन्दा यसमा मेरो केही फरक काम दर्शकले देख्न पाउने छन् ।”

‘लभ स्टेसन’लाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतको अभिनय छ ।

आलोक शुक्लाको छायाँकन रहेको ‘लभ स्टेसन’मा शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

प्रकाशित मिति: १२:१६ बजे, सोमबार, माघ २१, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्