Kathmandu Press

माइक्रोमा मोटरसाइकल ठोक्किँदा थानकोटमा एक जनाको मृत्यु 

काठमाडौं, फागुन १३ : काठमाडौंको थानकोटमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति ११ बजे चन्द्रागिरि नगरपालिका ७ मा सडक छेउमा...
माइक्रोमा मोटरसाइकल ठोक्किँदा थानकोटमा एक जनाको मृत्यु 

काठमाडौं, फागुन १३ : काठमाडौंको थानकोटमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । 

गएराति ११ बजे चन्द्रागिरि नगरपालिका ७ मा सडक छेउमा रोकिराखेको बा २ ख ७०४९ नम्बरको माइक्रोमा प्रदेश ३–०२ ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलका चालक २६ वर्षका आकाश रानाभाटको ज्यान गएको प्रहरीले जनाएको हो । 

प्रहरीका अनुसार रानाभाटको उपचारका क्रममा राति साढे ११ बजे शहीद मेमोरियल अस्पताल कलङ्कीमा ज्यान गएको हो । 

प्रकाशित मिति: ०८:११ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्