देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, फागुन १३ : देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ ।आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश–१...
काठमाडौं, फागुन १३ : देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश–१ का धेरै स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशको उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
यस्तै आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश–१ का थोरै स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ ।
प्रकाशित मिति: ०७:५२ बजे, शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)