Kathmandu Press

ओलीले अडान नछाडेपछि प्रधानमन्त्री देउवासँगको छलफल निष्कर्षविहीन

छलफलमा प्रधानमन्त्री देउवाले सबैको सहयोगमा संसदबाट एमसिसी अनुमोदन गर्नका लागि प्रस्ताव गरेतापनि ओलीले संसद अवरोध गर्नुपर्नाको कारण समाधान नभएसम्म अरु विषयमा सोच्न नसकिने भन्दै अडान दोहोर्‍याएको कार्कीले बताए । 
ओलीले अडान नछाडेपछि प्रधानमन्त्री देउवासँगको छलफल निष्कर्षविहीन

काठमाडौं, फागुन १२ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ । 

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिएको जानकारी अनुसार छलफलमा पनि ठोस निष्कर्ष ननिस्किएको हो ।

छलफलमा प्रधानमन्त्री देउवाले सबैको सहयोगमा संसदबाट एमसिसी अनुमोदन गर्नका लागि प्रस्ताव गरेतापनि ओलीले संसद अवरोध गर्नुपर्नाको कारण समाधान नभएसम्म अरु विषयमा सोच्न नसकिने भन्दै अडान दोहोर्‍याएको कार्कीले बताए । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा ओलीसहित एमाले नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए ।

बैठकमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी थिए ।  यद्यपी संसदको गतिरोध अन्त्य गर्न र संसदलाई प्रभावकारी र व्यवस्थित बनाउन वार्ता जारी राखिने भएको छ ।  

प्रकाशित मिति: २१:२४ बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्