Kathmandu Press

रूसको आक्रमणमा  कम्तीमा ४० यूक्रेनी सैनिकको मृत्यु

काठमाडौं, फागुन १२ : रूसले डोनबासमा सैन्य परिचालन सुरु गरेपछि कीभले मस्कोसँग कूटनीतिक सम्बन्ध टुटाउने निर्णय गरेको सरकारी समाचार संस्थाले युक्रेनका राष्ट्रपति भोलोदिमिर...
रूसको आक्रमणमा  कम्तीमा ४० यूक्रेनी सैनिकको मृत्यु

काठमाडौं, फागुन १२ : रूसले डोनबासमा सैन्य परिचालन सुरु गरेपछि कीभले मस्कोसँग कूटनीतिक सम्बन्ध टुटाउने निर्णय गरेको सरकारी समाचार संस्थाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गरी बिहीबार जनाएको छ । 

जेलेन्स्कीले टेलिभिजनको एउटा सम्बोधनमा यूक्रेनले आफ्नो सुरक्षा गरिरहेको र आफ्नो भूगोलमा सैन्य आक्रमण गर्ने रूससँगको कुटनीतिक सम्बन्ध बिच्छेद गर्ने बताएको हो । “यस आक्रमणमा ४० जनाभन्दा बढी युक्रेनी सैनिक र लगभग १० सर्वसाधारण मारिएको उनले पुष्टि गरे । 

यसअघि बिहिबार नै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विशेष सैन्य अपरेशन’ को अनुमति दिएका थिए । युक्रेनले देशभरका सैनिक प्रतिष्ठानहरु आक्रमणमा परेको पुष्टि गरेको छ । 

प्रकाशित मिति: २१:१२ बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्