प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगे एमाले नेताहरू
नयाँ वानेश्वरमा प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलपछि पुनः छलफलमा जुट्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु बालुवाटार पुगेका हुन् ।
काठमाडौं, फागुन १२ : प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न नेकपा एमालेका नेताहरु बालुवाटार पुगेका छन् ।
नयाँ वानेश्वरमा प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलपछि पुनः छलफलमा जुट्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु बालुवाटार पुगेका हुन् ।
यसअघि दिउँसो संसद भवन परिसरमा पनि दुई दलका नेताहरुबीच छलफल भएको थियो । त्यसपछि एमाले नेताहरुले माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेका थिए ।
अध्यक्ष ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ लगायतका नेताहरु वालुवाटार पुगेका हुन् ।
प्रकाशित मिति: १९:१७ बजे, बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)

![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)