Kathmandu Press

ओली र प्रचण्डको भेटवार्ता सकियो, छलफल सकारात्मक भएको दाबी 

काठमाडौं, फागुन १३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफल सकिएको छ । भर्खरै नयाँ...
ओली र प्रचण्डको भेटवार्ता सकियो, छलफल सकारात्मक भएको दाबी 

काठमाडौं, फागुन १३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफल सकिएको छ । 

भर्खरै नयाँ बानेश्वरमा सकिएको छलफल भएको सकारात्मक भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए । नेम्वाङका अनुसार शिर्ष नेताबीच र सबै नेताहरुका बीचमा भएका गम्भीर र विस्तृत छलफलहरु सकारात्मक भएको छ । 

अमेरिकी सहयोग परियोजना एमसीसी, राष्टिय सन्दर्भमा र संसदको गतिरोधका बारेमा व्यापक छलफल भएको र उनले विगतका बिषयमा समिक्षा भएको सञ्चारकर्मीहरुलाई बताए । 

केहिबेरअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको भन्दै अबको केहि बेरमै प्रधानमन्त्री देउवासँग छलफल हुने जानकारी समेत दिए ।  

प्रकाशित मिति: १९:१० बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्