Kathmandu Press

छलफलमा जुटे एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड 

काठमाडौं, फागुन १२ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ ।प्रधानमन्त्री शेरबहादुर...
छलफलमा जुटे एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड 

काठमाडौं, फागुन १२ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सकिएलगत्तै ओली र प्रचण्डबीच अहिले छलफल भइरहेको हो ।

छलफलमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी रहेका छन्।

यस्तै माओवादीको तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत सहभागी छन् । 

प्रकाशित मिति: १८:३६ बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्