राप्रपा अध्यक्ष लिङ्देनद्वारा विभाग प्रमुख मनोनयन
काठमाडौं, फागुन १२ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम विभागको प्रमुख पदमा मनोनयन गरेका छन् ।लिङ्देनले महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन...
काठमाडौं, फागुन १२ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम विभागको प्रमुख पदमा मनोनयन गरेका छन् ।
लिङ्देनले महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय विभाग प्रमुखमा मनोनयन गरेका छन् ।
यस्तै प्रवक्ता मोहन श्रेष्ठ प्रचार विभाग प्रमुखमा मनोनित भएका छन् भने अर्का प्रवक्ता गोपाल दाहाल सम्पर्क समाज समन्वय विभाग प्रमुख बनेका हुन् ।
यस्तै नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग, केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास विभाग, लक्ष्मी संग्रौलालाई वाणिज्य क्षेत्र समन्वय विभाग र दमन बस्नेतलाई खेलकुद विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति: १८:३० बजे, बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)