‘सदनलाई सहज रुपमा अघि बढाउन छलफल भइरहेकाे छ’
काठमाडाैं, फागुन १२ : सरकारका गृहमन्त्री बालकृष्ण खाँणले सदनलाई सहज रुपमा अघि बढाउनका लागि विभिन्न दलका नेताहरुसंग छलफल भइरहेको बताएका छन्।बिहीबार संसद् भवन...
काठमाडाैं, फागुन १२ : सरकारका गृहमन्त्री बालकृष्ण खाँणले सदनलाई सहज रुपमा अघि बढाउनका लागि विभिन्न दलका नेताहरुसंग छलफल भइरहेको बताएका छन्।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै खाँणले सरकार सदन सुचारु गराउन चाहने भन्दै यसका लागि छलफल भइरहेको बताएका हुन्।
उनले सदनलाई सहज गराउने र प्रक्रियामा अगाडि बढेका प्रस्तावहरूलाई टुंगोमा पुर्याउने गरी कोसिस भइरहेको जानकारी दिए। उनले सरकारमा रहेका सबै घटकहरूले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने धारणा पनि राखे।
त्यस्तै नेकपा एकीकृत समाजवादी नेता जीवनराम श्रेष्ठले एमसीसीलाइ जवरजस्त अघि बढाउन नहुने र यसका लागि सदनलाई सूचारु गर्नुपर्ने धारणा राखे।
त्यस्तै प्रतिपक्षको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखले पहल गरौ भनेर कार्यव्यवस्थामा आफूहरुले नै सुझाव दिएको उनले बताए।
प्रकाशित मिति: १७:५८ बजे, बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)