देउवा र ओलीबीच साँझ पुनः भेटवार्ता, संसद अवरोध हटाउन सबै विकल्पमा छलफल हुने
काठमाडौं, फागुन १२ : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ।संसदमा टेबल गरिएको एमसिसी...
काठमाडौं, फागुन १२ : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ।
संसदमा टेबल गरिएको एमसिसी पारित गर्ने विषयमा उनीहरूबीच आज (बिहीबार) संसद भवन नयाँ बानेश्वरमा छलफल भएको थियो।
छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ तथा कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगन थापालगायत सहभागी थिए।
एमसीसी र संसद सञ्चालनका विषयमा आज साँझ ७ बजे पुनः छलफल गर्ने सहमति भएकाे कांग्रेस महामन्त्री गगन थापाले सञ्चारकर्मीलाई जानकारी दिए ।
उनले एमसिसी पारित गर्ने सन्दर्भमा संसद बैठकमा आएर मत जाहेरका लागि सजिलो बनाउन सबै विकल्पमा छलफल गर्न गर्नुपर्ने भनी प्रधानमन्त्री देउवाले ओलीलाई बताएको महामन्त्री थापाले जानकारी दिए।
‘सदनको अवरोध हटाउने सबै विकल्पमा छलफल गरौं भन्ने कुरा प्रधामन्त्रीज्यूले राख्नुभयो,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै थापाले भने, ‘एमसिसी एकै ठाउँमा उभिएर अगाडि बढाऔं,’








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)