देशभरि थप ३१८ जनामा कोरोना पुष्टि, १ काे मृत्यु
काठमाडौं, फागुन १२ : नेपालमा थप ३ सय १८ जनामा कोरोना पुष्टि भएको छ।देशभर गरिएको ५ हजार ५ सय ८ पिसिआर परीक्षणका क्रममा १...
काठमाडौं, फागुन १२ : नेपालमा थप ३ सय १८ जनामा कोरोना पुष्टि भएको छ।
देशभर गरिएको ५ हजार ५ सय ८ पिसिआर परीक्षणका क्रममा १ सय ५१ जना र २ हजार २ सय ३५ एन्टिजेन परिक्षणका क्रममा १६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३१ जनाको मृत्यु भएको छ।
त्यस्तै थप ५ सय ६२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५४ हजार ९ सय ३ जना निको भएका छन्।
हाल नेपालमा ९ हजार ६ सय ७८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:५३ बजे, बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)