Kathmandu Press

बजेट खर्च गर्ने योजना बनाउन अर्थमन्त्री बरालकाे आग्रह

मनाङ, फागुन १२ :  गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बढीभन्दा बढी बजेट खर्च हुनेगरी योजना तथा कार्यक्रमहरु अघि सार्न आग्रह गरेका छन्।  प्रदेशको...
बजेट खर्च गर्ने योजना बनाउन अर्थमन्त्री बरालकाे आग्रह

मनाङ, फागुन १२ :  गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बढीभन्दा बढी बजेट खर्च हुनेगरी योजना तथा कार्यक्रमहरु अघि सार्न आग्रह गरेका छन्।  

प्रदेशको अर्थ मन्त्रालयले आज लमजुङमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तरक्रिया उनले सङ्घीयता कार्यान्वयनको अभ्यासमा रहेकाले केही कठिनाइ हुने भन्दै यस वर्ष कम्तीमा ८० प्रतिशत बजेट खर्च गर्नेगरी अघि बढ्न आग्रह गरे।

कर्मचारीहरु समस्या देखाएर उम्कन नपाउने उनले बताए। विभिन्न योजनामा विनियोजन गरेको रकम फ्रिज गर्ने प्रक्रियाको अन्त्य गर्ने रणनीतिमा आफूहरु रहेको मन्त्री बरालले बताए। नागरिकका खाँचो र आवश्यकताका योजना छनोट गर्न मन्त्री बरालको आग्रह थियो। 

प्रदेश नीति तथा योजना आयोगका सदस्य माया तिमिल्सिनाले बजेट खर्च गर्ने नीति तथा प्रणालीमा नै सुधार गर्नुपर्ने बताए। जिल्ला समन्वय समिति लमजुङका प्रमुख भोजराज पाण्डेले लमजुङवासी विकासे मुद्दामा एक भएको बताए। 

अर्थ मन्त्रालयका सचिव वैकुण्ठप्रसाद अर्यालले गत वर्ष लमजुङमा ७२ प्रतिशत चालूतर्फ र ७५ प्रतिशत पुँजीगत खर्च भएको जानकारी गराउँदै चालू आर्थिक वर्षको सात महिनामा १९ प्रतिशत बजेट खर्च भएको बताए। खर्च नहुने योजनाको फाइल अघि बढाउन उनले सुझाव दिए। 

सो कार्यक्रममा भौतिक पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय लजमुङका प्रमुख राजेन्द्र भण्डारी, कृषि ज्ञानकेन्द्र लमजुङका प्रमुख सुदीप खतिवडा, स्वास्थ्य कार्यालय लमजुङका अमर दवाडीलगायतले प्रदेश सरकारका योजना र कार्यक्रमहरुमा आफ्ना धारणा राखे।

प्रकाशित मिति: १५:४१ बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्