रुकुममा टिपर पल्टिँदा दुईको मृत्यु, दुई घाइते
रुकुम (पूर्व), फागुन १२ : रुकुम (पूर्व) को भूमे गाउँपालिका-४ झिङ्गेटारमा टिपर बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको...
रुकुम (पूर्व), फागुन १२ : रुकुम (पूर्व) को भूमे गाउँपालिका-४ झिङ्गेटारमा टिपर बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पुथाउत्तरगंगा गाउँपालिका–१४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे–५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बाँनियाले जानकारी दिए।
उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरी निरीक्षक बाँनियाले बताए। यस्तै दुर्घटनामा दुई घाइते छन्। घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सब इञ्जिनीयर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका–५ का २३ वर्षका रामआशिष चौधरी रहेका छन्।
निरीक्षक बाँनियाका अनुसार उनीहरु लामा कन्स्ट्रक्सनद्वारा निर्माण गरिराखेको धाउने–बालुवा–देउखोला सडकखण्डमा कार्यरत रहेका थिए। सोही कन्स्ट्रक्सनकै टिपरले ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भई पल्टिँदा उनीहरुलाई किचेको जनाइएको छ।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)