रुसी आक्रमणपछि युक्रेनको अवस्था ‘नजिकबाट नियालिरहेको’ चीनको धारणा
बेइजिङ, फागुन १२ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकीमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै...
बेइजिङ, फागुन १२ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकीमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै पक्षलाई 'संयम' अपनाउन आह्वान गरेको जनाएको छ।
'चीनले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ र हामी सबै पक्षहरूलाई संयम कायम राख्न र स्थितिलाई नियन्त्रण बाहिर जानबाट रोक्न आह्वान गर्दछौं,' विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ साले उल्लेख गरेका छन्।
प्रकाशित मिति: १५:०४ बजे, बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












