Kathmandu Press

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच संसद भवनमै भेटवार्ता

प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवनमै उनीहरु छलफलमा जुटेका हुन्। 
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच संसद भवनमै भेटवार्ता

काठमाडौं, फागुन १२ : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच आज (बिहीबार) संसद भवनमा भेटवार्ता भएको छ।

प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवनमै उनीहरु छलफलमा जुटेका हुन्। सो छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल तथा कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा पनि सहभागी रहेको जनाइएको छ।

संसदमा एमसिसीबारे पास गर्ने विषयमा कसरी सहमित जुटाउने भनेर छलफल भइरहेको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन्।

‘एमसिसी पास गर्ने जुन विषय छ, त्यसमा कसरी सहमति जुटाउने भनेर सत्तारुढ प्रमुख दल र प्रमुख प्रतिपक्षी दलका नेताबीच छलफल भइरहेको हो,’ उनले भनिन्।

एमसिसी टेबल भएर त्यसमाथि छलफल गरेर पारित गर्ने विषयमा उनीहरुबीच आज भएको भेटवार्तालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। 

एमालेले आफू अन्यायमा परेको भन्दै झन्डै ६ महिनादेखि संसद बैठक अवरुद्ध पार्दै आइरहेको छ। आफूले राखेको माग सम्बोधन भए एमसिसी प्रक्रियामा सहभागी  हुने एमालेले जनाएँदै आएको छ।

पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै आएको छ। अन्यथा सभामुखले मार्गप्रशस्त गर्नुपर्ने अडानमा एमालेले राख्दै आएको छ।  

आज बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि छलफल भएको थियो। 

प्रकाशित मिति: १४:४१ बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्