Kathmandu Press

युक्रेनमा रुसकाे आक्रमण : ७ जनाको मृत्यु , १९ बेपत्ता

काठमाडौं, फागुन १२ : युक्रेनमाथि सैन्य कारवाही सुरु भएको घोषणाको केहीबेरमै मिसाइल आक्रमण भएका छन्।  राष्ट्रपतिको घोषणासँगै रुसी सैनिकले युक्रेनमा मिसाइल आक्रमण गरेका छन्।...
युक्रेनमा रुसकाे आक्रमण : ७ जनाको मृत्यु , १९ बेपत्ता

काठमाडौं, फागुन १२ : युक्रेनमाथि सैन्य कारवाही सुरु भएको घोषणाको केहीबेरमै मिसाइल आक्रमण भएका छन्।  

राष्ट्रपतिको घोषणासँगै रुसी सैनिकले युक्रेनमा मिसाइल आक्रमण गरेका छन्। आक्रमणमा परि ७ जनाको मृत्यु भएको र कैयौं घाइते भएको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जानकारी दिएको छ। 

बीबीसीका अनुसार युक्रेनको पोल्डिस्कस्थित एक सैनिक इलाकामा रुसले बम खसालेको छ भने कैयौं क्षेत्रमा मिसाइल आक्रमण भएका छन्। बम आक्रमणमा परि ७ जनाले ज्यान गुमाएको र ६ जना घाइते भएको बताइएको छ । त्यस्तै १९ भन्दा बढी बेपत्ता भएको बीबीसले जनाएको छ। 

रूसले आक्रमण गरेपछि युक्रेनले युरोपेली मुलुकहरुसँग छलफल गरी रुसमाथि कडा प्रतिवन्ध लगाउन आग्रह गरेको छ। इयूले रूसी सेनापति सहित उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ती रोक्का समेत गरिसकेको छ। 

प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्