Kathmandu Press

प्रतिनिधिसभाको अर्काे बैठक भोलि अपराह्न १ बजे बस्ने

काठमाडौं, फागुन १२ : प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ। अब अर्को बैठक भोलि (शुक्रबार) अपराह्न १ बजे बस्नेछ।संसद सचिवालयका महासचिव डा।...
प्रतिनिधिसभाको अर्काे बैठक भोलि अपराह्न १ बजे बस्ने

काठमाडौं, फागुन १२ : प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ। अब अर्को बैठक भोलि (शुक्रबार) अपराह्न १ बजे बस्नेछ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक बस्न नसक्ने भएकाले भोलि शुक्रबार दिउँसो १ बजेका लागि राखिएको उल्लेख छ।

आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि आजको संसद बैठक स्थगित गरिएको जनाइएको छ।

आज अपराह्न १ बजेका लागि प्रतिनिधिसभा बैठक डाकिएको थियो। आजकै बैठकमा एमसिसीबारे छलफल गर्ने कार्यसूचीसमेत थियो। 

यसअघि गत आइतबार बसेको संसद् बैठकमा एमसिसी टेबुल गरिएको थियो।

 

 

प्रकाशित मिति: १४:२० बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्