Kathmandu Press

प्रतिनिधिसभा बैठक स्थगित

आज अपराह्न १ बजेका लागि प्रतिनिधिसभा बैठक डाकिएको थियो। आजकै बैठकमा एमसिसीबारे छलफल गर्ने कार्यसूचीसमेत थियो। 
प्रतिनिधिसभा बैठक स्थगित

काठमाडाैं, फागुन १२ : प्रतिनिधिसभाकाे आजको बैठक बस्दै नबसी स्थगित भएको छ।

आज अपराह्न १ बजेका लागि प्रतिनिधिसभा बैठक डाकिएको थियो। आजकै बैठकमा एमसिसीबारे छलफल गर्ने कार्यसूचीसमेत थियो। 

यसअघि गत आइतबार बसेको संसद् बैठकमा एमसिसी टेबुल गरिएको थियो।

आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अन्तिम कार्यसूचीमा एमसिसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेर छलफल अघि बढाउने निर्णय गरेकाे थियाे।  

सदनमा बोल्न चाहने सबै संसदले पाँच मिनेटको समय दिएर छलफलमा भाग लिन पाउने निर्णय पनि गरिएको थियाे।

तर साेही बैठकमा सरकारले एक दिन समय मागेपछि आजको संसद बैठक स्थगित गरिएकाे जनाइएको छ।

प्रकाशित मिति: १४:०० बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्