युक्रेनमा भएको रूसी आक्रमणप्रति नेपालको विरोध, संयम अपनाउन आह्वान
विज्ञप्तिमा नेपालले रूस–युक्रेन संकटलाई नजिकबाट नियालीरहेको समेत उल्लेख गरेको छ। नेपालले कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको कडा विरोध गर्ने समेत बताएको छ।
काठमाडौं, फागुन १२ : नेपालले युक्रेनमा भएको रूसी आक्रमणको विरोध गरेको छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेन हमलाको विरोध गरेको हो।
विज्ञप्तिमा नेपालले रूस–युक्रेन संकटलाई नजिकबाट नियालीरहेको समेत उल्लेख गरेको छ। नेपालले कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको कडा विरोध गर्ने समेत बताएको छ।
नेपालले सबै पक्षलाई तनाव बढ्न नदिन उच्च संयमता अपनाउन आग्रह गरेको छ। ‘कुनै पनि सार्वभौम मुलुकविरूद्ध कुनै पनि परिस्थितिमा शक्तिको प्रयोग गर्ने कुराको नेपाल विरोध गर्छ र कूटनीति र वार्तामार्फत् विवादको शान्तिपूर्ण समाधान गर्न सकिने विश्वास गर्छ,’ विज्ञप्तिमा भनिएको छ।

बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैन्य कारवाहीको घोषणा गरेका थिए। पुटिनको घोषणासँगै युक्रेनमाथि सैन्य हमला सुरु भइसकेको छ।
विश्वका अन्य मुलुकहरुले पनि युक्रेनमाथि आक्रमण गरेर रुसले गम्भीर गलत गरेको अभिव्यक्ति दिएका छन्।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)