Kathmandu Press

संसदमा एमसिसीमाथि छलफल अघि बढाउने निर्णय, इच्छुक सांसदले बाेल्न पाउने

बोल्ने सदस्यहरुलाई पाँच मिनेटको समय उपलब्ध गराइने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले बताए । 
संसदमा एमसिसीमाथि छलफल अघि बढाउने निर्णय, इच्छुक सांसदले बाेल्न पाउने

काठमाडाैं, फागुन १२ : प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसिसीमाथिको सैद्धान्तिक छलफल अघि बढाउने निर्णय गरेको छ।

संसद बैठक सुरु  हुनुअघि आज (बिहीबार) बसेको बैठकले सो निर्णय गरेको हो। सदनमा बोल्न चाहने सबै संसद सदस्यहरुले छलफलमा भाग लिन पाउने निर्णयसमेत बैठकले गरेको छ।

बोल्ने सदस्यहरुलाई पाँच मिनेटको समय उपलब्ध गराइने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले बताए । 

अब केहीबेरमा सुरु हुने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ।

प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्