Kathmandu Press

कलाकार राष्ट्रका गहना हुन् : मन्त्री आले

कलाकार राष्ट्रका गहना हुन् : मन्त्री आले

काठमाडाैं, फागुन १२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना भएको बताएका छन्।

जमलस्थित राष्ट्रिय नाचघरमा राखिएको स्वर्गीय गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै उनले भने, 'देशलाई चिनाउने सच्चा देशभक्त कलाकार भएको र कलाकै माध्यमबाट स्वर्गीय लामाले पनि देशको चिनारी बढाउने काम गर्नुभएको थियो।'

देशमा हाल भइरहेका विभिन्न विकृति र विसंगतिलाई चिर्दै जान र राष्ट्र तथा राष्ट्रियता जोगाउन कलाकारले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेकामा मन्त्री आलेले जोड दिए।

उनले स्वर्गीय लामाका परिवारमा समवेदनासमेत प्रकट गरे। कला, संस्कृति तथा कलाकारको संरक्षण र सम्बद्र्धनका लागि आफू र मन्त्रालयका तर्फबाट पनि पहल हुने मन्त्री आलेले आश्वासन पनि दिए।

प्रकाशित मिति: १३:४१ बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्