अर्थमन्त्री शर्मा प्रतिनिधिसभामा बैठकमा अनुपस्थित रहने
पोखरा, फागुन १२ : आज प्रतिनिधिसभामा एमसिसीबारे छलफल हुँदैछ। गत आइतबार टेबुल भएको एमसिसी सामान्य छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूची छ। तर अर्थमन्त्री...
पोखरा, फागुन १२ : आज (बिहीबार) प्रतिनिधिसभामा एमसिसीबारे छलफल हुँदैछ। गत आइतबार टेबुल भएको एमसिसी सामान्य छलफलका लागि आज अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूची छ।
तर अर्थमन्त्री शर्मा शर्मा भने यतिबेला पर्वत पुगेका छन्। उनी पत्नीसहित हिजो (बुधबार) नै बागलुङ पुगेका हुन्। पर्वत उद्योग वाणिज्य संघको साधारण सभामा प्रमुख अतिथिका रूपमा सहभागी हुन भनेर उनी पर्वत पुगेको जनाइएको छ।
शर्मा दम्पतीले बिहीबार बिहान पर्वतको कुस्मास्थित द क्लिफ रिसोर्टको स्काई क्याफेमा बसेर खाजा खाएको भिडियो सार्वजनिक भएको थियो।
गत आइतबार एमसिसी प्रतिनिधिसभा बैठकमा टेबुल गर्ने कार्यसूचीमा पनि उनकै नाम थियो तर उनी अस्वस्थ भएको भन्दै सो बैठकमा उपस्थित भएनन्। त्यसपछि उनका तफृबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी टेबुल गरेका गरेका थिए।
सत्ता गठबन्धनमा आबद्ध दल माओवादी केन्द्रमा एमसिसीको विपक्षमा उभिँदै आएका छन्। टेबसल गर्नसम्म सहमति जनाएको सो पार्टीले यथासिथतिमा पारित गनृ भने नदिने बताउँदै आएको छ। शर्मा माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्र िबनेका हुन्।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)