Kathmandu Press

विद्यार्थी नेताहरूलाई गृहमन्त्रीको फोन– आन्दोलनलाई हिंसात्मक नबनाउनुहोस्

काठमाडौं, फागुन १२ : गृहमन्त्री बालकृष्ण खाँणले एमिससीविरुद्धको आन्दोलनमा संयम अपनाउन सत्तारूढ गवबन्धनमा आबद्ध दलका विद्यार्थी संगठनका नेताहरुलाई अनुरोध गरेका छन्।आज (बिहीबार) माओवादी केन्दनिकट...
विद्यार्थी नेताहरूलाई गृहमन्त्रीको फोन– आन्दोलनलाई हिंसात्मक नबनाउनुहोस्

काठमाडौं, फागुन १२ : गृहमन्त्री बालकृष्ण खाँणले एमिससीविरुद्धको आन्दोलनमा संयम अपनाउन सत्तारूढ गवबन्धनमा आबद्ध दलका विद्यार्थी संगठनका नेताहरुलाई अनुरोध गरेका छन्।

आज (बिहीबार) माओवादी केन्दनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह र नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीलाई फाेन सम्पर्क गरेर आन्दोलनलाई शान्तिपूर्ण बनाउन गृहमन्त्री खाँणले आग्रह गरेको उनका प्रेस सल्लाहकार मधुसूधन भट्टराईले जानकारी दिए।

‘तपाईंहरू सत्तामा भएका दलका विद्यार्थी नेता हुनुहुन्छ। शान्तिपूर्ण रूपमा आन्दोलन गर्न पाउनुहुन्छ,’ विद्यार्थी नेतालाई गृहमन्त्री खाँणले गरेको आग्रहलाई उद्धृत गर्दै भट्टराइले भने, ‘तर आन्दोलनलाई हिंसात्मक नबनाउनुहोला। आन्दोलन हिंसात्मक तवरले अगाडि बढ्यो भने प्रहरी त्यहीअनुसार परिचालन गर्न  हामी  बाध्य  हुनेछौं। यसले राम्रो सन्दैश जाँदैन।’ 

संसद बैठक बसेका दिनहरू एमसीसीविरुद्ध नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन  हुँदै आएको छ। आन्दोलनमा सत्तामे रहेका दल माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्तासमेत उत्रिएका छन्। आज पनि संसद बैठक बस्दैछ। आजको बैठकमा एमिससीबारे छलपफल हुँदैछ।त्यसकारण सो क्षेत्रमा प्रदर्शन सुरु भइसकेको छ।

आन्दोलन नियन्त्रणबाहिर नजाओस् भनेर तीनकुनेदेखि माइतीघरसम्म ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। 

प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्